प्रतिलिटर १-१ रुपैयाँ इन्धनको मूल्य बढ्यो



काठमाडौंः नेपालमा इन्धनको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १–१ रुपैयाँले बढाएको हो ।

तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८–८८ रुपैयाँ भएको छ ।

मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल र डिजेलमा घाटा नै छ । मूल्य समायोजन भएसँगै निगमको १५ दिनको घाटा ५० लाख रुपैयाँमा झरेको छ ।

यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो । जस अनुसार निगमलाई १५ दिनमा ६ करोड १५ लाख घाटा हुने अनुमान गरिएको थियो ।

इन्डियन आयल कर्पोरेसनबाट १ जुलाई २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा, मट्टितेलमा १४ रुपैयाा २५ पैसा, हवाई इन्धनमा ३ रुपैयाँ ३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ६ रुपैयाँ ७७ पैसा वृद्धि भएर आएको छ ।

निगमको शुक्रबार सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्