फेरि बढ्यो इन्धनको मूल्य


काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य पुनस् बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १र१ रुपैयाँको दरले बढाएको हो ।

नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमका प्रबक्ता बिनितमणी उपाध्यायले बताए ।

‘भारतीय आयल कर्पोरेसन्सले पठाएको मूल्यसुचीअनुसार पेट्रोलमा ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेलमा १४ रुपैयाँ २५ पैसा वृद्धि भएको छ,’ उनले भने, ‘मूल्य उच्च बढे पनि साबिक मूल्यमा १ रुपैयाँमात्रै बढाएका छौं ।

नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि नै लागू हुन्छ ।’ निगमले असार १६ गते पेट्रोलमा ५ रुपैया, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएको थियो । १० दिन नबित्दै पुनस् मूल्य बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको समयअवधि समाप्त भएपछि पुनः एक हप्ताका

पर्सा : पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको

पर्सा– उपचार नपाएर ज्यान गुमाएकी वीरगन्ज २ छपकैयाकी २० बर्षिय विष्णु लामाका आफन्तले नारायणी अस्पतालमा

काठमाडौं– भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच

काठमाडौं– विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना

आन्ध्र प्रदेश– कोरोना संक्रमित विरामीहरू राखिएको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस होटलमा आगो लाग्दा ७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

काठमाडौं : वीरगञ्जमा ७ अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका