रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक



काठमाडौं : रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । शुक्रबार राति लिग अन्तर्गत भएको खेलमा रियल मड्रिडले एलाभेसमाथि २–० को जित दर्ता गरी उपाधिको थप नजिक पुगेको हो ।

बाँकी तीनमध्ये दुई खेलमा जित निकालेमा जिनेदिन जिदानको टिम रियल मड्रिडले पछिल्लो ८ वर्षमा दोस्रो पटक ला लिगाको उपाधि उचाल्ने छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमा र मार्को एसेन्सिओले गोल गरे । ११ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जिमाले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए ।

यस्तै ५० औँ मिनेटमा एसेन्सिओले गोल गरेपछि रियल मड्रिड २–० ले विजयी भएको छ ।

जितपछि शीर्ष स्थानको रियल मड्रिडको ३५ खेलबाट ८० अंक भएको छ । दोस्रो स्थानको रियल मड्रिडको ७६ अंक छ।

यस्तै लिग अन्तर्गत शुक्रबार राति नै भएको अर्को खेलमा ग्रानाडाले रियल सोसिडाडलाई ३–२ ले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्