कोशीको बाढी गोबरगाढा ‘टापु’मा



सप्तरी : चारैतिरबाट कोशी नदीले घेरिएको टापु भनेर चिनिने गोबरगाढा गाउँमा बाढी पसेको छ ।

निरन्तरको वर्षापछि सप्तकोशी नदीमा आएको बाढी कोशीको मध्य भागमा रहेको हनुमाननगर कंकालिनी नगरापािलका–१३ गोबरगाढा गाउँ पसेपछि गाउँ डुबानमा परेको हो ।

गोबरगाढामा ८० घरधुरीमा करिब २ सय जना छन् भने गाउँसँग सम्पर्क विच्छेद भएको हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए ।

चारैतिरबाट कोसी नदीको बाढीले घेरिएपछि सर्वसाधारण संकटमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले बताए ।

शुक्रबार रातिदेखि घरघरमा दुई फिटसम्म पानी पसेपछि गोबरगाढाको जनजीवन निकै नै प्रभावित भएको छ ।

गोबरगाढा टापुमा फसेकाहरुलाई त्यहाबाट निकाल्ने तयारी भइरहेको मेयर शैलेशकुमार साहले जानकारी दिए ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्