बालुवाटारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषदको बैठक जारी



काठमाडौं : राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापना राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

वर्षसँगै मुलुकका विभिन्न ठाउँमा आएको बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोप न्यूनीकरण र पीडितको उद्धार तथा राहतबारे छलफल गर्न शनिबार बिहानदेखि परिषद्को बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, मन्त्रीहरूको सहभागिता रहेको छ ।

प्रधानमन्त्रीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै सरकार प्राकृतिक प्रकोपबाट प्रभावित जनताको उद्धार र राहत कार्यमा लागिरहेको बताएका थिए ।

पछिल्लो केही दिनयता मुलुकका विभिन्न भागमा गएका बाढी र पहिरोले २६ जनाको मृत्यु, ४२ जना बेपत्ता र २४ जना घाइते भएका छन् ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्