उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु



काठमाडौं : काठमाडौं उपत्यकामा साझा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले शनिबार ट्वीट गर्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै छोटो दूरीमा बस सञ्चालन गर्ने जानकारी दिएका हुन् । उनले साझा बस सडकमा आउन अब प्रतिक्षा नगर्ने समेत बताएका छन् ।

साझाले ४ महिनादेखि पार्किङ गरेर राखेका बस मर्मतको काम थालेको छ ।

सार्वजनिक यातायात व्यवसायीले सरकारले आफ्नो माग पूरा नगरे बस सञ्चालन नगर्ने बताइरहेका बेला साझाले सिमित स्थानमा बस सेवा सञ्चालन गर्न लागेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत यात्रु बोक्न पाउने, ५० प्रतिशत बढी भाडा लिन पाउने र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने सर्तमा बस सेवा सञ्चालन गर्न दिने निर्णय भएको थियो ।

सरकारले तयार पारेको सोही मापण्डलाई पालना गर्दै साझा यातायात सञ्चालनमा आउन लागेको हो ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्