जसपाले गठन गर्‍यो जनसरोकार समन्वय समिति



काठमाडौं : जनता समाजवादी पार्टीले पहिचानको आन्दोलन र खोकना विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जसपाको नेवाः राष्ट्रिय समितिले शुक्रबार नेपाः बैंकेटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनसरोकार समन्वय समितिको गठन गरेको छ ।

४७ सदस्य रहेको उक्त समितिको संयोजकमा जसपाका काठमाडौं जिल्ला अध्यक्ष श्यामकृष्ण प्रजापति रहेका छन् ।

समिति गठनपछि आफ्नो मन्तव्य राख्दै विभिन्न सम्पदा तथा जनसरोकार सम्बन्धी मुद्दामा एक्यबद्धता जनाइ अघि बढ्ने र पछिल्लो समय चर्किरहेको खोकनाको आन्दोलनमा पनि एक्यबद्धता जनाउने संयोजक प्रजापतिले बताए ।

समिति नहुँदा पनि यस्ता मुद्दामा निरन्तर लागिरहेको र यस समितिको गठन पश्चात समन्वय अझ सशक्त रुपमा हुन्छ भन्ने विश्वासले जनसरोकार समन्वय समितिको गठन गरिएको जसपाका शीर्ष नेता राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्