कैलालीमा ‘हाई-अलर्ट’


कैलालीः अविरल वर्षाका कारण हुन सक्ने क्षतिबाट जोगिन कैलाली जिल्लामा उच्च सतर्कता अपनाइएको छ ।

केही दिनयता परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको बेला कैलालीमा प्राकृतिक विपदबाट जोगिन उच्च सतर्कता अपनाइएको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको संयोजकत्वमा रहेको जिल्ला विपद्व्य वस्थापन समितिले आज (शनिवार) कैलालीका विभिन्न स्थानीय तहका प्रमुुख तथा प्रतिनिधिहरूसंग छलफल गर्दै विपद व्यवस्थापनको लागि उच्च सतर्कता अपनाएको जनाएको छ ।

सतर्कताको लागि विपद् व्यवस्थापनका पूर्व योजना तयार गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले बैठकबाट विपद् प्रतिकार्यका योजना पारित गर्दै सोही अनुसारका तयारी थालिएको जनाएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले विपद् प्रतिकार्यका लागि विभिन्न कलस्टर बनाएर जिम्मेवारी बाँडफाँड गरिएको बताउँदै जिल्लाका ३ वटै सुरक्षा निकायलाई ‘हाई–अलर्ट’ बस्न निर्देशन दिइएको जानकारी दिए ।

प्राकृतिक विपद्मा परेकाहरूको उद्धार तथा राहतका कार्यक्रमका लागि पनि पूर्व तयारी गरिएको प्रजिअ बोहराले बताए । जिल्लाका स्थानीय तहलाई विपद् प्रतिकार्य योजना बनाएर विपद्को पूर्व तयारी गर्न, नदी कटान एवंम डुबान क्षेत्रको पहिचान गरी त्यहाँ बसोबास गर्दै आएकाहरूलाई सुरक्षित स्थानमा राख्न सहयोगसमेत अनुरोध गरिएको उनले बताए ।

कैलालीमा भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकाका क्षेत्रस्थित कर्णाली नदी, मोहना नदी, कान्द्रा नदी नजिकमा पर्ने बस्तीहरू नदी कटान एवं डुबानको जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लामा रहेका विभिन्न नदी तथा ठूला खोलामा पानीको सतह मापन गरिँदै आएकाले बहाव बढेपछि सर्तकता अपनाउन अपिल गरिँदै आएको छ तर अहिले भने सबै जसो नदीमा पानीको बहाव सामान्य नै रहेको प्रमुख जिल्ला अधिकारी बोहराले बताए तर जिल्लाको भजनी नगरपालिकाका केही क्षेत्र केही दिनअघिको बाढीले डुबानमा परेको थियो । सो क्षेत्र हरेक वर्ष डुबानमा पर्छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : भारतीय विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै

काठमाडौं : काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा एक हप्ताका लागि लगाइएको निषेधाज्ञाको समयअवधि समाप्त भएपछि पुनः एक हप्ताका

पर्सा : पर्सामा ९ प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको

पर्सा– उपचार नपाएर ज्यान गुमाएकी वीरगन्ज २ छपकैयाकी २० बर्षिय विष्णु लामाका आफन्तले नारायणी अस्पतालमा

काठमाडौं– भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच

काठमाडौं– विश्व आदिवासी दिवसका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना

आन्ध्र प्रदेश– कोरोना संक्रमित विरामीहरू राखिएको आन्ध्र प्रदेशको विजयवाडामा स्वर्ण प्यालेस होटलमा आगो लाग्दा ७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

काठमाडौं : वीरगञ्जमा ७ अस्पताल चार्हादाचार्हादै मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले आज (आइतबार) देखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका