सुदूरपश्चिम प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि



काठमाडौंः सुदूरपश्चिम प्रदेशमा आज (शनिबार) थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीमा भएको परीक्षणमा १ महिला र २ पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ जना र भिमदत्त नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय १४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्