नेपालमा कोरोनाबाट थप तीनको मृत्यु



काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृतकको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेवर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो ।

२६ गते मृत्यु हुने पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का अर्का ४५ वर्षीय १ संक्रमित पुरुषको असार २५ गते मृत्यु भएको थियो । क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्नाका २२ परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित : असार २७, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा राजनीतिक

बर्दिया । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सानो गुटको सानो नेता भएको

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दाबारे सर्वोच्च अदालतमा आइतबार भएको सुनवाइ सकिएको छ । सुनवाइ

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथिको विषय केन्द्रित बहसमा सामेल भएका वरिष्ठ अधिवक्ता तथा संविधानविद्

काठमाडौं । नेकपा प्रचण्ड पक्षका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले

रौतहट : कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै

काठमाडौं : भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । त्यसमध्ये पनि

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।समूह ‘ए’को खेलमा

काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने

काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।