अनिवार्य अवकास पाएका क्रिकेट प्रशिक्षक सिंह जिल्ला क्रिकेट संघद्वारा सम्मानित



जनकपुरधामः क्रिकेट प्रशिक्षक नविन कुमार सिंहलाई जिल्ला क्रिकेट संघ धनुषाले आज सम्मान सहित विदाई गरेको छ ।

उमेर हदका कारण अनिवार्य अवकास पाएका सिंहलाई संघले विदाई स्वरुप सम्मान गरेको हो । जिल्ला क्रिकेट संघले सिंहलाई सम्मानसहित बिदाइ गरेको छ ।

जिल्ला क्रिकेट संघ धनुषाले आयोजना गरेको सम्मान तथा विदाई समारोहमा सिंहलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सम्मान गरेका थिए । मन्त्री यादवले अवकास प्राप्त प्रशिक्षक सिंहलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

जनकपुरमा क्रिकेटलाई जिवन्त राख्न प्रशिक्षक सिंहले अहोरात्र सेवा पुर्याएको र अवकास पछि पनि क्रिकेटमा लाग्नका लागि हौशला बढाउन सम्मान गरिएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताए ।

कार्यक्रममा मन्त्री यादवले समय अनुकुल खेलकुदको व्यवस्थापन नहुँदा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको बताए । उनले मुलुकमा भ्रष्टाचार घटाउन पनि खेलकुदको विकास आवश्यक रहेको जिकिर गरे ।

क्रिकेट संघले आयोजना गरेको सम्मान कार्यक्रममा जनकपुरको दर्जन भन्दा बढी संघ संस्थाले प्रशिक्षक सिंहको कार्यको प्रशंसा गर्दै सम्मान गरेका थिए । क्रिकेट प्रशिक्षक सिंह त्यस्ता खेलाडी हुन् जो धनुषा जिल्लाको खेलकुद क्षेत्रमा आफ्नो जिवन समर्पन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्