मानसिक रोगी महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ



जनकपुरधामः धनुषामा एक मानसिक रोगी महिलालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेको छ ।

विदेह नगरपालिका वडा नं.४ तिनकौरियास्थित दुर्गामन्दिरमा सुतिरहेकी ३५ वर्षीया एक महिलालाई आज (शनिबार) बिहान ३ बजे बलात्कार गरेको आरोपमा प्रहरीले शहिदनगर नगरपालिका वडा नं.६ का ३० वर्षीय भागवती मण्डललाई पक्राउ गरेको हो ।

अभियुक्त मण्डलले ति महिलालाई बलात्कार गरेको कुरा स्वीकारिसकेको प्रहरीले जनाएको छ । पीडित महिला मानसिक रोगी भएकाले एक सामाजिक संस्थाको अगुवाईमा प्रहरीले उजुरी दर्ता गरेको थियो ।

पीडित महिलाको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परिक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्