पाकिस्तानमा निर्माणाधिन हिन्दु मन्दिरको रोकप्रति नेपाल विश्व हिन्दु महासंघको घोर भत्सर्ना



वीरगन्जः नेपाल विश्व हिन्दु महासंघले पाकिस्तानको इस्लामाबादमा निर्माणाधिन पहिलो ऐतिहासिक हिन्दु मन्दिर निर्माण कार्यमा लगाएको रोकप्रति घोर भत्सर्ना गरेको छ ।

महासंघले विरगन्जमा एक विरोध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएको हस्तक्षेपको भत्सर्ना गरेको हो ।

महासंघले र्यालीपछि कोण सभा गर्दै इमरानको पुत्लासमेत दहन गरेको छ । इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि महासंघले आपत्ति जनाएको हो ।

महासंघका उपाध्यक्ष विजय प्रकाश निषादको नेतृत्वको निकाएको विरोध र्यालीमा करिब बढीको सहभागिता रहेको थियो । उपाध्यक्ष निषादले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँको सरकारले दमन गरिरहेको छ ।, हिन्दु मन्दिर बनाउन नदिनु अर्काे ठुलो अपराध त्यहाँको सरकारले गरिरहेको छ ।’ पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो ।

तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल(क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो । इस्लामावादमा हिन्दु मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्ने र रियासत(आई(मदिनाको अपमान भएको जनाएको थियो ।

यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा हालेको थियो । इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दु मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो ।

उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्चित भइ नसकेको बताएका छन् ।यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

पीएमएल(क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दु समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दु पञ्चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्