कमिशनको चक्करमा सांसद महतोद्वारा बजेटको दुरुपयोग



जनकपुरधामः धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिजस्थित विश्वकर्माचोकमा निर्माण गरिएको नाला एक वर्ष नबित्दै भत्केको छ ।

प्रदेशसभा सदस्य शत्रुधन महतोको संसदीय विकास क्षेत्र कार्यक्रमको बजेटले २०७६ सालको असार महिनामै बनाइएको सो नाला भत्केको हो । स्थानीयबासीका अनुसार सांसद महतोले असारको अन्तिम समयमा आएर बजेट सकाउन हतार हतारमा स्थानीय रामदेव महतोको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी आवश्यक नभएको ठाउँमा पनि २५ लाखको लागतमा नाला निर्माण गरेका थिए ।

सो नाला निर्माण गरिरहेकै बेला गत वर्ष समेत बर्षातका कारण ढलेको थियो । एकातिर बनाउँदै जाँदा अर्कोतिर ढलिरहेको थियो र फेरी मर्मत गरियो । तर फेरी नाला बनाएको एक वर्ष नवित्दै पुनः ठाउँ ठाउँमा उक्त नाला भत्किसकेको छ ।

स्थानीय बिनोद महतो भन्छन्,‘बजेट सकाउन मात्र यहाँ नाला बनाइयो, यहाँ यो नालाको कामै थिएन, अहिले लामखुट्टेको र फोहोरको लागि मात्रै यो नाला छ । नालाबाट पानी बग्ने कुरा त परै जाओस ।’ सोही वडाका वडाध्यक्ष विहारी महतो भन्छन्,‘नाला बनाउने समयमा आफुसँग कुनै सरसल्लाह गरिएन, आफुले रोक्न खोज्दा पनि सांसद महतोले कुरा सुनेन् । हतार हतारमा २५ लाख रुपैयाँ कहाँ खर्च गर्ने र ठाउँ नपाएपछि यहाँ बनाइदियो । जबकी त्याँ नाला भएपनि विश्कर्माचौकमा पानी जम्ने गरेको छ । र त्यो नालाबाट बगेको छैन् ।’

स्थानीयका अनुसार यो जबरजस्तीको असारे विकासको परिणाम र संसदीय विकास क्षेत्र कार्यक्रमको बजेटको दुरुपयोग हो । नाला बनाउँदा पुरै गुणस्तरहिन काम गरिएको उनीहरु बताउँछन् । उनीहरुका अनुसार इट्टा जोड्नका लागि नाम मात्रको सिमेन्ट प्रयोग गरियो र माथिबाट प्लाष्टर गरियो, जसले नाला बलियो भएन र हल्का वर्षामै ढलिरहेको छ ।

प्रदेशसभा सदस्य महतोले आफ्नै गाउँका जनतालाई समेत विकास निर्माणको कार्यमा ठग्दै विना मतलवको कार्यहरुमा कमिशनको चक्करमा बजेट दुरुपयोग गरिरहेको त्यहाका सर्वसाधारणको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्