जाजरकोटमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु



जाजरकोट : जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्की टोलमा गएको पहिरोमा पुरिएकामध्ये ९ जनाको मृत्यु भएको छ । तीन जना अझै हराइरहेका छन् ।

पहिरोमा पुरिएकामध्ये शनिबार ७ जनाको शव फेला परेको थियो भने थप दुई जनाको शव आज (आइतबार) बिहान भेटिएको हो । पहिरोले दुई घर बगाउदा पाहुन आएका ४ जनासहित १२ जना बेपत्ता भएका थिए ।

पहिरोमा परी बेपत्ता भएका ३८ वर्षीय कलु सार्की र उनका ६ वर्षीय छोरा सुभास सार्कीको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परेर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्दार गरको छ । उनीहरुलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्