चीन-भारत भीडन्त : भारतको पक्षमा खुलेर लाग्यो अमेरिका



अमेरिकी विदेशमन्त्री माइक पम्पियोले चीन र भारतबीच उत्पन्न तनाबबारे भारतको पक्षमा खुलेर बोलेका छन् ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार पम्पियोले दुई देशबीचको तनाबबारे भारतीय विदेशमन्त्रीसँग धेरै पटक छलफल गरिसकेको बताएका छन् । पम्पियोले भारतीय विदेशमन्त्री जयशंकरसँग तीन पटकसम्म फोनमा कुरा गरेको बताइएको छ ।

जयशंकरसँग पम्पियोको गत मार्चदेखि कम्तिमा तीन पटक टेलिफोन वार्ता भएको बताइएको छ । जुन वार्ता गलवान भीडन्तपछि पहिलो पटक अमेरिका र भारतका मन्त्रीहरुबीच वार्ता भएको हो ।

जुन महिनामा भएको वार्ताबारे भने रणनीतिक कारणले गर्दा सार्वजनिक नगरिएको बताइन्छ । यसअघि पम्पियोले भारतले टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयको स्वागत गर्दै प्रशंसा गरेका थिए ।

पछिल्लो समय चीन र भारतबीच सीमा विवाद उत्कर्षमा पुगेको छ । लद्दाखस्थित सीमा क्षेत्रमा भीडन्त हुँदा २० भारतीय सैनिक मारिएका थिए । अमेरिकाले भने चीन र भारतको सीमा विवादमा मध्यस्तता गर्ने प्रतिक्रिया दिएको थियो । साथै दुई देशबीच थप तनाब सिर्जना हुँदा अमेरिकी उच्च अधिकारीले खुलेर भारतको पक्षमा आफ्नो मत राख्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्