कनकाई नदीमा आएको बाढीका कारण झापाका ८० घर डुबानमा



बिर्तामोड : कनकाई नदीमा आएको बाढीका कारण झापाका ८० घर डुबानमा परेका छन् ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण कनकाईमा आएको बाढीका कारण झापाा गाउँपालिका–१ स्थित मिलन बस्तीका ४० घर, गौरीगञ्ज गाउँपालिका–१ होकलबारीका ३० घर र शिवसताक्षी नगरपालिका ६ का १० घर डुबानमा परेका हुन् ।

शनिबार रातिदेखि मिलन बस्तीमा बाढी पसेको हो भने बस्तीमा ८२ घरपरिवारको बसोबास छ । उनीहरुमध्ये ४० घर डुबानमा परेकाले ती घरका सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष राजकुमार यादवले जानकारी दिए ।

डुबानमा परेका परिवारका सदस्यलाई नजिकैको रघु टोलमा ल्याएर राखिएको उनले बताए । कनकाईको बाढीले वडाको सालमारामा १ सय ५० घर, लसुनगञ्जमा ५० घर र सितुमारीमा ४० घर डुबानको उच्च जोखिममा रहेको वडाध्यक्ष यादवले बताए ।

कनकाईको बाढी नदी किनारको बाँध ओभरफ्लो भई बस्तीमा पस्दा गौरीगञ्ज १ होकलबारीमा ३० घर डुबानमा परेका छन् ।

बाढीले बस्तीसम्म जाने बाटो समेत अवरुद्ध भएकाले उद्दार टोली पुग्न कठिनाइ भइरहेको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए ।

यसैगरी कनकाई नदी किनारको बाँध फुटाएर बाढी बस्तीमा पस्दा शिवसताक्षी–६ पुरानो शिवगञ्ज बजारका १० घर डुबानमा पारेको छ । १० घरका सबै सदस्यलाई सुरक्षित स्थानमा सारेको वडाध्यक्ष मनोज खुलालले बताए । पानी पर्न नरोकिएका कारण थप १ सय ५० घर डुबानको उच्च जोखिममा रहेको उनले बताए ।

बिरिङ नदीमा आएको बाढीले झापा गाउँपालिका ५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको हो । शनिबार दिउँसो मलामी गएका उनलाई पौडी खेल्ने क्रममा नदीले बगाएको जिल्ला प्रहरीका डीएसपी राकेश थापाले जानकारी दिए । नदीले बगाएर बेपत्ता बनाएको उनलाई आफन्त, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा साँझ घटनास्थलदेखि ३ किलोमिटर टाढा मृत अवस्थामा शव फेला परेको डीएसपी थापाले बताए ।

जिल्लाकै मेची नदीको बाढीले बगाउँदा भद्रपुर नगरपालिका ३ का ३३ वर्षीय हिरण राई बेपत्ता भएका छन् । अपरान्ह साढे ४ बजे मेची नदीको नाउँघाटमा नुहाउने क्रममा राईलाई बाढीले बगाएको थियो । उनको खोजी कार्य जारी रहेको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा

काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा राजनीतिक

बर्दिया । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सानो गुटको सानो नेता भएको

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दाबारे सर्वोच्च अदालतमा आइतबार भएको सुनवाइ सकिएको छ । सुनवाइ

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथिको विषय केन्द्रित बहसमा सामेल भएका वरिष्ठ अधिवक्ता तथा संविधानविद्

काठमाडौं । नेकपा प्रचण्ड पक्षका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले

रौतहट : कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै

काठमाडौं : भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । त्यसमध्ये पनि

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।समूह ‘ए’को खेलमा

काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने

काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।