इजरायलमा विरोध प्रदर्शन



एजेन्सी : कोरोनाभाइरस प्रकोपको सामना गर्ने सरकारी नीतिप्रति विरोध जनाउँदै इजरायलमा सर्वसाधारण सडकमा उत्रेका छन् । सरकारी नीतिका कारण आर्थिक मन्दी आएको तर्क गर्दै उनीहरू विरोध स्वरुप सडकमा उत्रिएका हुन ।

बीबीसीका अनुसार शनिबार हजारौँ सर्वसाधारण तेल अविवमा जमा भई सरकारी नीतिको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरूका अनुसार सरकारी राहत आइपुग्न धेरै समय लाग्ने दाबी गरेका छन । विरोध प्रदर्शनको आयोजना सानो स्तरका व्यवसायी, स्वरोजगार श्रमिक र कलाकारहरूले गरेका थिए ।

कोरोनाविरुद्ध लड्न सरकारले अपनाएको सतर्कताका उपाय र राहतस्वरुप घोषणा गरिएको भुक्तानीले जीविकोपार्जन कठिन हुने उनीहरूले तर्क गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्