फेरी नेपाल प्रवेश गर्‍यो सलहका दुई झुण्ड



काठमाडौं : भारतको बहराइच क्षेत्र हुँदै आइतबार सहलका दुई वटा झुण्ड नेपाल प्रवेश गरेको छ ।

सलह सूचना केन्द्रका प्रमुख एवं किट विज्ञ रामकृष्ण सुवेदीले आइतबार बिहान ९ बजेर ३० मिनेटमा र दिउँसो गरेर दुई वटा झुण्ड दाङमा देखिएको पुष्टि गरे ।

उक्त झुण्ड धेरै ठूलो नभएको सुवेदीले बताए । दिउँसो दाङको राप्ती गाउँपालिकामा सलहको झुण्ड देखिएको हो ।

केन्द्रका प्रमुख सुवेदीले भारतको उत्तर प्रदेशस्थित बहराइचमा देखिएको झुण्डबाट टुक्रिएर नेपालतिर आएको अनुमान छ ।

केन्द्रले प्रक्षेपण गरेको ठूला झुण्ड नेपाल प्रवेश नगरेको बताएको छ । यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेपछि सलहको झुण्ड नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।

दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेको छ । गाउँपालिकाले कृषि विज्ञ टोली पठाएको अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए । अहिले मकैबारी र धानखेतमा किसानहरुले भाडाको आवाज र आगो बालेर धुँवा निकाल्ने काम गरिरहेको बताए ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्