बुटवलमा सार्वजनिक बस सञ्चालन



काठमाडौं : लुम्बिनी मेट्रो प्रालिले आइतबार बुटवलमा बस सञ्चालनमा ल्याएको छ । कम्पनीले बुटवल–भैरहवा–सुनौली, बुटवल–बर्दघाट रूटमा बस चलाएको हो ।

लकडाउनपछि कम्पनीले एसी बसलाई चलाउन थालेको हो । आइतबार आठ वटा बसले यात्रु ओसारपसार गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण र नियन्त्रणका लागि सरकारले २०७६ चैत ११ गते लकडाउन सुरु गरेपछि देशभर सार्वजनिक सवारी साधन चलेका छैनन् ।

सरकारले मापदण्ड पूरा गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपनि देशभरका यातायात व्यवसायीले तत्काल सञ्चालन गर्न नसक्ने बताएका थिए । निजी सवारी साधन भने जोरविरोज प्रणालीका आधारमा असार १ गतेबाट सञ्चालनमा आएका छन् ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्