ऐश्वर्या र उनकी छोरीलाई पनि कोरोना संक्रमण



एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको छ ।

यसअघि पहिलो पटक गरिएको परिक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर, दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आराध्याको रिपोर्ट पोजिटिभ आएको हो । जयाको भने रिपोर्ट नेगिटिभ आएको छ ।

योसँगै होम क्वारेन्टाइनमा रहेका उनीहरुलाई अब नानावती अस्पतालमा भर्ना गरिनेछ । जया भने होम क्वारेन्टाइनमा नै रहनेछिन् । अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनको परिवारको पनि कोरोना परिक्षण गरिएको थियो । अहिले अमिताभ र अभिषेक दुवै अस्पताल भर्ना भई उपचार गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्