काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : आइतबार काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको जानकारी दिए ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्