सर्वोच्च पुगिन् सरिता गिरी



काठमाडौं– सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

कानून विपरीत समाजवादी पार्टीले आफूमाथि कारबाही गरेको भन्दै उनी आइतबार सर्वोच्च पुगेकी छन् । गिरीको रिटको पेसी आगामी मंगलबारका लागि तोकिएको छ।

समाजवादी पार्टीले पार्टीको ह्वीप विरुद्ध गएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट निष्कासन गरेको थियो ।

गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भारतले अतिक्रमण गरेको नेपाली भू–भाग समेटेर जारी गरिएको नयाँ नक्सामा पास गर्न संविधान संशोधन गर्दा पक्षमा मतदान गरेकी थिइन् भने बैठक उनले बहिष्कार गरेकी थिइन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्