जसपा अब आधिकारीक



काठमाडौं– समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा)मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)लाई निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ ।

गत बैशाख १० गते एकता घोषणा गरेको जसपालाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र दिएको हो । जसपाको दर्ता नं १५९ रहेको छ ।

आयोगले प्रमाणपत्र र आधिकारीकता पत्र प्रदान गरेको भन्दै जसपाले अग्रगामी परिर्वतन पक्षधर, संघीयता, राष्ट्रिय पहिचान, सुशासन, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवादप्रति समर्पित सम्पूर्ण राजनीतिक शक्रि र व्याक्तिहरूलाई पार्टीमा आवद्ध हुन पनि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्