हामी भित्रको मानवता कता हरायो ?



जनकपुरधाम : हिन्दु धर्मावलम्बीहरुका लागि आस्थाको केन्द्र मानिन्छ जनकपुरधाम । एउटा उक्ति पनि छ की ‘अन्यत्र गरेको पापबाट जनकपुरधाममा मुक्ति पाईन्छ तर जनकपुरधाममा गरेको पापबाट अन्यत्र कतै मुक्ति पाईदैन ।’ यसै कारण हुनसक्छ मानिसले दर्जनौं धार्मिक स्थलहरुमा पूजापाठ गरेरपनि अन्त्यमा जनकपुरधाम नै आउँछन् ।

तर आजको एकाइसौं शताब्दीमा धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यस शहरका मानिसहरु साँचिक्कै सुतेकै हुन् त ? उहाँहरु भित्रको मानवता हराएकै हो त ? यदि होईन भने एकपटक तलको तस्बिर हेर्नुस त ! के अनुमान लगाउनुभयो ?

यस तस्बिरमा तपाईंले बिच बाटोमै एउटा गाई घाईते भएको देख्नुभाको होला । याे घटना हो शुक्रबार राती को । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित विद्यापती चोकमा बिच बाटोमै यस गाईलाई कुनै गाडीवालाले ठक्कर दिएर भागेको एक स्थानीयले बताए ।

उनले भने,‘गाईलाई ठक्कर दिएको गाडीमा सामान्य क्षति पुगेको त्यहाँ उपस्थित प्रायः सबैले देखे तर गाडीको ठक्करले त्यो गाई खुनैखुनले लतपत्तिएको कुरामाथि कसैले कुनै चासो देखाएनन् ।

त्यहाँ उपस्थित सबैले भने–ओह ! बेचारा गाडीबलालाई लागिहाल्छ आज चूना । कारण थियो गाडीले गाईलाई ठक्कर दिंदा गाडीको अगाडीको लाईट फुटेको घटना । तर गाईको पुरै शरीर रक्ताम्य भएको दृष्यमाथि कसैको ध्यान पुगेन । बिचरा गाई ! हिडनै नसक्ने गरि घाईते भए ।

हामी सबैलाई थाहा छ की हिन्दु धर्ममा गाईलाई मातृसम्मान पूजा गरिन्छ । गाईलाई माता समानको सम्मान र सदभावका कारणले नै नेपाल अनि भारतका बिभिन्न स्थान अनि बाटाहरुमा खुलेयाम गाईहरु हिंडिरहेको हामीले देख्न सक्दछौं । हजारौं बर्षअघि देखि नै सनातन संस्कारमा गाईहरुलाई समाजमा खुल्ला छाड्ने चलन रहिआएकोमा अहिलेपनि गाईहरुलाई बाटाबाटै बिचरण गरिरहेको देख्न सकिन्छ ।

स्थानीय विद्यापती ठाकुरले भने,‘संसारभरि पनि हिन्दुहरुको तस्वीर परिकल्पना गर्दा गाईको पूजा गर्ने समुदायका रुपमा सम्झना गरिन्छ्, यस अर्थमा हिन्दुत्वको पहिचान र आदर्श नै गाई अर्थात गौमाता हुन् । गाईलाई दुध खाने या पाल्ने जनावर मात्र नभई रक्षा गर्नुपर्ने जनावरका रुपमा पनि लिइन्छ ।

मलमुत्र देखि दुधसम्म गाईका हरेक कुरा महत्वपूर्ण छन्, गाईको हत्या प्रकतिको अपहेलना हो । दुध जसरी आमाको शरीरवाट सेवन गरिन्छ त्यसैगरि गाईपनि आमा तुल्य मानिन जरुरी छ । तर यस घटनाले मानव भित्रको मानवता साँचिक्कै हराएकै हो भन्ने मलाई भान हुन थालेको छ ।’

प्रतिक्रिया दिनुहोस्