सूर्यराज आचार्य र मुमाराम खनाल साझा पार्टीबाट अलग्गिए



पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि साझा पार्टीका प्रवक्ता डा। सूर्यराज आचार्य र नेता मुमाराम खनाल पार्टीबाट अलग भएका छन् ।

पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको सबै जिम्मेवारी त्याग गर्ने आचार्यको प्रस्ताव र खनालले केन्द्रीय सदस्यबाट दिएको राजीनामा स्वीकृत गरेको छ । साझा पार्टीले अहिलेसम्मको योगदानका लागि आचार्य र खनाललाई धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्