१ सय ५७ जना सहित उडेको इथियोपियन एअरलाइन्सको विमान दुर्घटना



एजेन्सी : इथियोपियन एअरलाइन्सको विमान बिसोफ्टु शहराजिक दुर्घटना भएको छ  । स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ३८ मिनेटमा नैरोबीका १ सय ४९ जना यात्रु तथा ८ चालक गरी १ सय ५७ जना सहित उडेको विमान ८ बजेर ४४ मिनेटमा दुर्घटनाग्रस्त भएको हो ।

इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको फ्लाइट इटी ३०२ विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

उडेको छ मिनेटपछि विशोफ्टुनजिकै पुगेपछि विमान सम्पर्क विहिन भएको थियो । दुर्घटना बारे थप बिवरण आउन बाँकी रहेको छ ।  इथियोपियाका प्रधानमन्त्री आबिये अहमद अलीले दुर्घटनामा मारिने तथा घाइते हुनेका परिवारप्रति समवेदना प्रकट गरेका छन्  । अफ्रिकाका विभिन्न गन्तव्यमा उडान गर्ने इथियोपियन एयरलाइन्स अफ्रिकी महादेशमा लोकप्रिय हवाई सेवा प्रदायक एयरलाइन्स हो ।

 

प्रतिक्रिया दिनुहोस्