दशैंको टिका दिन बेपत्ता भएका सम्राट अाफ्नै विद्यालयमा भेटिए



काभ्रेपलाञ्चाेक : कात्तिक २ गते बिहान १० बजेदेखि हराइरहेका पाँचखालका सम्राट मैनाली २४ घण्टा पछि भेटिएका छन् । 

 

प्रहरी, स्थानीयले खोज्ने क्रममा आफैँ पढ्दै आएकाे नव प्रतिभा मावि परिसरमा भेटिएको सम्राटका बुवा एवं पत्रकार इश्वरीकुमार मैनालीले जानकारी दिए ।

 

नव प्रतिभा मा वि पाँचखाल-६, ढुङ्गानावेशीमा कक्षा ८ मा पढ्ने सम्राट २४ घण्टा कहाँ गए, के के भयो भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्