मेक्सिको रात्रि क्लबमा आक्रमण पन्ध्रको मृत्यु



मेक्सिको सिटी : मेक्सिकोको एउटा रात्रि क्लबमा शनिबार भएको आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । शनिबार भएको यस घटनामा परी अरु ३ जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

मेक्सिकोको गुआदालाजारा राज्यको सालामान्का शहरमा रहेको ‘ला प्लाया’ नामक रात्रि क्लबमा हतियारधारी व्यक्तिहरुको समूहले आक्रमण गरेको बताए । अधिकारीहरुका अनुसार १३ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अरु २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 

मृत्यु भएका सवै जना पुरुष रहेका छन् भने घाइते सवै जना महिला रहेका छन् । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । रात्रि क्लबमा अज्ञात समूहले गरेको यस आक्रमणमा कैयौ पटक बन्दुक तथा ग्रिनेडसमेतको प्रयोग भएको आक्रमण भएको छ । 

लागूऔषध कारोबार गर्ने समूह र सेनाबीच दोहोरो गोली हानाहान

त्यसैगरी मोन्टेरे शहरमा लागूऔषध कारोबार गर्ने १ समूह र सेनाबीच दोहोरो गोली हानाहान हुदाँ ७ जना शङ्कास्पद लागूऔषध कारोबार र अन्य एक व्यक्तिको मृत्यु भएको यहाँको सुरक्षा स्रोत पुष्टि गरेका छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्