३४ घण्टामा ११ बलिउड स्टारमा कोरोना पोजेटिभ



एजेन्सी : विश्वभर कोरोनाभाइरसको चपेटामा परेको चार महिनाभन्दा बढी समय भइसकेको छ । विश्वभर दिनहुँ कोरोना संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गइरहेको छ ।

यसैबीच कोरोनाको प्रकोप बलिउडमा शुरु भएको छ । सर्वसाधारण जनतालाई यस भाइरसबारे चेतावनी दिने बलिउडका महानायक अमिताभ बच्चनसहित सबै परिवारलाई कोरोना संक्रमण भएको छ । उनीहरु बाहेक अरु धेरै बलिउड अभिनेता कोरोना संक्रमित भएका छन् ।

कोरोना संक्रमणमा बच्चन परिवार
अमिताभ बच्चन कोरोना पोजेटिभ पाएपछि अभिषेक बच्चनको कोरोना टेस्ट भयो र उनी पनि कोरोना पोजेटिभ भए । यसपछि बच्चन परिवारका बाँकी सदस्यहरूको पनि कोरोना परीक्षण गरियो ।

सितारों पर कोरोना का कहर, 34 घंटों में 11 सेलेब्स निकले कोविड पॉजिटिव

अभिनेत्री ऐश्वर्या राई बच्चन र आराध्या बच्चनको रिपोर्टमा पनि कोरोना पोजेटिभ भेटियो भने अमिताभकी श्रीमती जया बच्चन अन्य बच्चन परिवारको कोरोना रिपोर्ट भने नेगेटिभ आयो ।

सितारों पर कोरोना का कहर, 34 घंटों में 11 सेलेब्स निकले कोविड पॉजिटिव

यसैगरी अर्का बलिउड अभिनेता अनुपम खेरको परिवारका सदस्यमा पनि कोरोना संक्रमण भएको पाइएको छ ।

सितारों पर कोरोना का कहर, 34 घंटों में 11 सेलेब्स निकले कोविड पॉजिटिव

अभिनेता अनुपम खेरले सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

उनले आफ्नी आमा दुलारी खेर र भाइ राजु खेरलाई पनि कोरोना संक्रमित भएको बताए । साथै उनको बुहारी र भतिजीको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

सितारों पर कोरोना का कहर, 34 घंटों में 11 सेलेब्स निकले कोविड पॉजिटिव

टिभी धारावाहिक ‘कसौटी जिन्दगी’ फेम अभिनेता पार्थ समथानले पनि उनको कोरोना परीक्षण गरिरहेका थिए र उनको रिपोर्ट पोजेटिभ आएको हो । पार्थमा कोरोना पोजेटिभ देखिएपछि कसौटी जिन्दगीको शुटिङ्ग रोकिएको छ ।

सितारों पर कोरोना का कहर, 34 घंटों में 11 सेलेब्स निकले कोविड पॉजिटिव

उंगली फेम अभिनेत्री रेचल व्हाइटमा पनि कोरोनाको शिकार भएकी छन् । उनले ट्वीटर मार्फत यसबारे जानकारी दिएकी हुन् । उनी हाल होम क्वारेन्टाइनमा रहेकी छन् ।

सितारों पर कोरोना का कहर, 34 घंटों में 11 सेलेब्स निकले कोविड पॉजिटिव

बालाजी टेलिफिल्म्सका कार्यकारी उपाध्यक्ष तनुश्री दासगुप्तामा पनि कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो स्वास्थ्यको बारेमा सामाजिक सञ्जामा अपडेट दिएकी छन् । उनी अस्पतालमा भर्ना छन् ।

सितारों पर कोरोना का कहर, 34 घंटों में 11 सेलेब्स निकले कोविड पॉजिटिव

एजेन्सीबाट

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्