६ निजी प्रयोगशालाले पाए कोरोना परीक्षण गर्ने अनुमति



काठमाडौं : सरकारले काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालालाई कोरोनाको पीसीआर विभिबाट जाँच गर्न अनुमिति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौंका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

एनपीएचएलका प्रवक्ता राजेशक्मार गुप्ताका अनुसार काठमाडौं उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको छ ।

यसैगरी बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन् । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्