मत विभाजन प्रक्रियामार्फत प्रदेश २ को बजेट पारित



जनकपुरधाम : प्रदेश २ को प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट मत विभाजन प्रक्रियामार्फत एक महिनापश्चात पारित भएको छ ।

सभामुख सरोज कुमार यादवले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मत विभाजन प्रक्रियामार्फत पारित भएको छ । गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सार्वजनिक गरेका थिए । बजेटमा अनुत्पादक खर्च बढी राखिएको भन्दै प्रतिपक्षी दलले पारित गराउन दिइरहेका थिएनन् ।

पारितको पक्षमा र विपक्षमा रहेका प्रदेशसभा सदस्यहरुलाई सभामुख यादवले उभिन लगाएका थिए । प्रदेश २ का कुल १ सय ७ जना प्रदेशसभा सदस्यहरुमध्ये बैठकमा उपस्थित ८० मध्ये ४८ जना बजेटको पक्षमा उभेका थिए । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्ष भन्दा ५ अर्ब १६ करोड ९० लाखले कम छ ।

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्