एमसीसीबारे कुनै आधिकारिक धारण सार्वजनिक भएको छैन : जसपा



काठमाडौं : जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको बताएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबारे आफ्नो नीति र धारणा निर्माणका लागि आन्तरिक छलफल भइरहेको बताएका हुन् ।

‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन’ विज्ञप्तिमा लेखिएको छ ।

आइतबार मात्र जसपाको प्रवास विशेष कमिटीले बनाएको कार्यदलले एमसीसीलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिएको छ । र, राष्ट्रियता र स्वाधिनतामा आँच आउने शर्तहरु राखेर सहयोग लिन नहुने सुझाव दिइएको छ ।

त्यसलाई जसपाकै धारणाका रुपमा प्रचार भएपछि पार्टीले बोल्नु परेको एक नेताले बताए ।

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्