सोमबार १४४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपालमा थप १ सय ४४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । सोमबार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

कोरोना संक्रमण उपचारपछि निको भएर डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।

सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्