उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण



काठमाडौं : काठमाडौँ उपत्यकामा सोमबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सो कुराको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका ३, ललितपुरका ५ र भक्तपुरका १ एक जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन कुन ठाउँका हुन् भन्नेबारे भने मन्त्रालयले खुलाएको छैन । आइतबार मात्र पनि उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्