लकडाउनमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार



काठमाडौंः लकडाउनको अवधिमा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्यवहार भएको पाइएको छ इन्सेकले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको मानव अधिकार अनुगमनमा लकडाउनको अवधि ३ महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्यवहार भएको हो ।

कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमै सुरक्षा प्रदान नगरिएको भन्दै इन्सेकले आलोचना गरेको छ ।
स्वास्थ्यकर्मीमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन इन्सेकले माग गरेको छ ।

क्वारेन्टाइनमा राम्रो व्यवस्था नभएको, हजारौंको संख्यामा भारतबाट आएका नेपालीलाई उचित व्यवहार नगरिएको, स्वास्थ्य उपचारमा लापरबाही गरिएको अनुगमनका क्रममा पाइएको छ । इन्सेकले चैत ११ देखि असार १० गतेसम्म अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्