मोटरसाईकल र अटो आपसमा ठोक्किदा भएको दुर्घटनामा एक जनाको मृत्यु



सुखडः कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका २ साडेपानीमा मोटरसाईकल र अटो एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोटरसाईकल चालक कञ्चनपुरको भिमदत्तनगरपालिकाका ४१ वर्षिय कुष्माकर जोशीको मृत्यु भएको छ ।

पुर्वबाट पश्चिम आईरहेको अटो र पश्चिमबाट पुर्व गईरहेको म २ प ७९७ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा मोटरसाईकलमा सवार कञ्चनपुरको भिमदत्त नगरपालिकाका २ भाँसीका ४१ बर्षिय जयराज भट्ट, अटो चालक घोडाघोडी नगरपालिका १ कौवाका ३५ वर्षिय पतिराम चौधरी र अटोमा सवार भजनी नगरपालिका ६ की ५० वर्षिय ढक्या चौधरी रहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । घाईतेको सुखडस्थित घोडाघोडी अस्पतालमा उपचार भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्