निजि प्राविधिक शिक्षालय महासंघको सुदूरपश्चिम प्रदेश समिती गठन



कैलालीः निजि प्राविधिक शिक्षालय महासंघ नेपालद्वारा धनगढीमा सुदूरपश्चिम प्रदेश समिती गठन गरेको छ ।

प्राबिधिक शिक्षालयहरुको हक हित संरक्षणका लागि प्राबिधिक शिक्षालय महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष कार्यक्रम गरेको हो ।

२०५८ सालमा स्थापना भएको महासंघलाई क्रियाशिल बनाई सम्पूर्ण प्राबिधिक धार भएका शिक्षालयको उन्नती प्रगतीसँगै शैक्षिक गुणस्तरका निम्ती सुदूरपश्चिम प्रदेशमा रहेका सबै निजी शिक्षालयहरुलाई ब्यावस्थित बनाई एक ढिक्का बनाउने उद्देश्यका साथ कार्यक्रम भएको थियो ।

कार्यक्रममा सिटिईभिटी सुदुर पश्चिम प्रदेश कार्यालय धनगढीका निर्देशक नल राम देबकोटा लगायत प्रदेशभित्रका २० वटा संस्थाका पदाधिकारीको उपस्थिती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्