पाकिस्तानी दूतावास अगाडी प्रदर्शन



काठमाडौंः राष्ट्रिय एकता अभियानले पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरेको छ ।

अभियानले इस्लामाबादमा पहिलो पटक निर्माण भैरहेको ऐतिहासिक हिन्दु मन्दिर निर्माण कार्यको रोक लगाएको भन्दै भत्सर्ना गरेको हो ।

दूतावास अगाडि विरोध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएको हस्तक्षेपको भत्सर्ना गरिएको छ । इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले आपत्ति जनाएको हो ।
अभियानका संयोजनक विनय कुमारको नेतृत्वको निकाएको विरोध र्यालीमा करिब सय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

र्यालीमा सहभागीहरूले हिन्दुमाथिको दमन बन्द गर, इस्लामाबादमा मन्दिर र गुम्बा बन्नै पर्छ, इमरान खान होस गर जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्