घाँटी वारपार हुने गरी चक्कु प्रहार गर्ने सात जना पक्राउ



रुकुम : रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ रुघाँमा कार्तिक १ गते साँझ भएको चक्कु प्रहार घटनामा संलग्न ७ जना पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका २ का २८ वर्षिय कृष्ण ओलीलाई चक्कु प्रहार गरी घाईते बनाउँने सात जनालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काका अनुसार घटनाका मुख्य अभियुक्त त्रिवेणी गाउँपालिका वडा नम्बर १ का रमेश खड्का सहित घटनामा संलग्न वडा नं. १ कै रेशम पुनमगर, जीवन पुनमगर, समिर ओली, यमन पुनमगर, कमल पुन र संगम भनिने बिक्रम बाँठा पक्राउ परेका हुन् । 

पाँच जना हिजो पक्राउ परेका हुन् भने दुई जनालाई आज पक्राउ गरिएको डिएसपी खड्काले बताए । राँगा काट्ने मेलाबाट फर्किने क्रममा मदिरा सेवन गरेको खड्काको समुहले आक्रमण गरी ओलीको घाँटीमा खुकुरी प्रहार गरेको थियो । 

ओलीलाई घाँटीमै चक्कु अड्किएको अवस्थामा उद्धार गरी उपचारका लागि काठमाडौंमा लगिएको थियो । ओलीको हाल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्