दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



परासी : पूर्वपश्चिम राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध भएको हो ।

पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएको छ । मानवीय क्षति भने भएको छैन । सडक विभाग र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास भएपनि वर्षा भइरहेको र पहिरो खस्न नरोकिएका समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मोहनबहादुर खाँडले बताए ।

सडक अवरुद्ध हुँदा मालवाहक ट्रक र निजी सवारी रातिदेखि दाउन्ने डाँडामै रोकिएका छन् ।

राजमार्गअन्तर्गत दाउन्ने खण्डको १५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा ससाना पहिरो खसिरहेका छन् ।

प्रकाशित : असरा ३०, २०७७

प्रतिक्रिया दिनुहोस्