कोरोना महामारी ‘खराबमाथि खराब’ हुने डब्ल्यूएचओको चेतावनी



एजेन्सी : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरससँग जुझ्ने विषयमा ‘थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको’ बताएका छन् ।

सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोना महामारी ‘खराबमाथि खराब’ हुँदै जाने डब्ल्यूएचओले चेतावनी दिएको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले ‘थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको’ बताए । प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए ।

सोमवार जिनिभामा बोल्दै डा गेहब्रेयससले ‘नेताहरूको मिश्रित सन्देशले’ उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए । ‘यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन,’ उनले भने ।

उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्