घरेलुका अधिकृत घुससहित रंगे हात पक्राउ



नेपालगञ्ज : घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत ९६ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सातौं तहका अधिकृत हुकुमबहादुर ओलीलाई ९६ हजार घुससहित रंगे हात पक्राउ गरेको हो ।

अख्तियारको कार्यालय बुटवलबाट आएको टोलीले कार्यालयमै घुसहित रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्कापट्टाको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीबाट ९६ हजार तीन सय नगद लिँदै गरेको अवस्थामा ओलीलाई रंगेहात पक्राउ गरिएको हो ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्