अध्यक्षद्वय ओली र प्रचण्डबीच के भयो सहमति ?



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सवा घण्टा छलफल भएर सकिएको छ ।

सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि मंलगलबार अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा दुई अध्यक्षबीच छलफललाई निरन्तरता दिने सहमति भएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच बिहीबार फेरि छलफल हुने भएको छ ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्