मंगलबार ११६ जना कोरोना संक्रमित थपिए



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको कोभिड १९ प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । प्रवक्ता गौतमका अनुसार २४ घन्टाको अवधिमा ३४ डिस्चार्ज भएका छन् ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्