नेटोको रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह



एजेन्सीः उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)का महासचिव जनरल जेन्स स्टोल्टनबर्गले नेटोका लागि रक्षा खर्च बढाउन युरोपेली देशलाई आग्रह गरेका छन् । युरोपेली युनियनको युरोपियन पिपुल्स पार्टी सम्मेलनमा बोल्दै उनले नेटोको रक्षा खर्च धेरै चाहिएकोले त्यसका लागि रकम वृद्धि गर्न आवश्यक  रहेको बताए ।

‘युरोपमा रक्षा खर्चमा वृद्धि गर्न आवश्यक भइसकेको छ,’ उनले भने । हाल नेटोका लागि रक्षा खर्चमा कमी आएको बताउँदै अपुग खर्चका लागि आवश्यक रकम युरोपका देशले बढाउनुपर्नेमा उनले जोड दिए ।

पछिल्लो समय युरोपेली देशले नेटोको संरचना निर्माण, आधारभूत आवश्यकता पूरा गर्ने कार्यमा देखाएको अग्रसरताप्रति महासचिव स्टोल्टनबर्गले प्रशंसा गरे । रक्षा खर्चको कोष निर्माण गर्न युरोपेली देशले अग्रसरता लिएको र यसले आगामी दिनमा नेटोको रक्षा खर्चको दिगोपनाका लागि सघाउ पुग्ने उनले विश्वास व्यक्त गरे ।  महासचिव स्टोल्टनबगसँगै सो सत्रमा जर्मनीका रक्षामन्त्री पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्