स्वीस बैंकको खातामा प्रधानमन्त्री ओलीको ५५ लाख अमेरिकी डलर रहेको खुलासा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्याण्डस्थित स्वीस बैंकको खातामा ५५ लाख अमेरिकी डलर जम्मा भएको एक प्रतिवेदनले देखाएको छ । ओली र उनकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी चीनबाट आउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले रकम दिन थालेपछि प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार पारेका हुन् ।

ओलीको बैंक खाता मिराबाउड बैंकको जेनेभास्थित शाखामा रहेको छ । प्रतिवेदक ज्याक्वार्डले ओलीको खातामा ५५ लाख अमेरिकी डलर लामो समयदेखि जम्मा रहेको छ ।

पहिलो पटक ओलीले प्रधानमन्त्रीको पद सम्हालेका बेला तत्कालीन नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइले ओलीलाई कम्बोडियाको टेलिकम्युनिकेशन क्षेत्रमा लगानी लगाउन सघाएका थिए । यो सम्झौतामा ओलीका निकटका व्यापारी आङ छिरिङ शेर्पा सहभागी रहेको जनाइएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन सेन र चिनियाँ राजदूत बो जिआङेओको सहयोगमा ओलीको लगानी कम्बोडियामा सुरक्षित हुन पुगेको उल्लेख छ ।

यस्तो गतिविधि ओलीले दोस्रो पटक प्रधानमन्त्रीको पद सम्हालेयता निरन्तरता पाएको थियो । चिनियाँ नेताले ओलीलाई रकम दिएको जनाइएको छ । सो प्रतिवेदनमा चीनले नेपाल जस्ता देशका अरु नेताहरुलाई यसरी रकम दिएर भ्रष्ट बनाउन थालेको उल्लेख गरिएको छ । चिनियाँ नेताहरूसँग रकम लिएर प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीहरूलाई विभिन्न परियोजना दिएको उल्लेख छ ।

डिसेम्बर २०१८मा डिजिटल एक्शन रुमको परियोजना चिनियाँ कम्पनी हुवावेइलाई बिना कुनै प्रतिस्पर्धा दिएका थिए । यो काम गर्न सक्षम नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिकमलाई यो परियोजनाबाट अलग पारिएको भनिएको छ ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालका छोराका लागि यो सम्झौता गरिएको थियो । यसैगरी मे २०१९मा नेपाल टेलिकमले हङकङस्थित चाइना कम्युनिकेशन सर्भिससँग रेडियो नेटवर्क लगायतका सम्झौता गरियो । यो सम्झौता चीनको टेलिकम उपकरण बाउन कम्पनी जेडटीईसँग फोर जी सम्बन्धी सम्झौता भएको थियो । यो परियोजना १९ अर्ब नेपाली रुपैयाँ बराबरको रहेको थियो ।

जुन महिनामा ओली सरकार विरूद्ध विद्यार्थीहरुको प्रदर्शन भएको थियो । १० अर्ब नेपाली रुपैयाँ बराबर महामारी विरूद्ध गरिएको खर्चबारे स्पष्टीकरण दिन सो प्रदर्शनले माग गरेको थियो । ग्लोबल वाच एनालाइसिसले आफ्नो प्रतिवेदनमा स्वास्थ्यमन्त्री र ओलीका कोटरीका अन्य बरिष्ठ अधिकारीहरूले स्वास्थ्यसम्बन्धी उपकरण खरिद प्रकरणमा घुस खाएको आरोपको अनुसन्धान जारी रहेको समेत उल्लेख गरेको छ ।

प्रकाशित : असार ३०, २०७७

प्रतिक्रिया दिनुहोस्