प्रदेश २ मा आज ६७ थपिए, ३२ डिस्चार्ज, संक्रमितको संख्या ३ हजार ९०३



जनकपुरधामः प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ६७ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार धनुषामा १९ जना, महोत्तरीमा १९ जना, सप्तरीमा १४ जना, रौतहटमा १३ जना र पर्सामा २ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ९ सय ३ पुगेको छ । संक्रमित मध्ये ३ हजार ६ सय ४५ पुरुष र २ सय ५८ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

धनुषामा संक्रमण पुष्टी भएकाहरु विदेह नगरपालिकास्थित तिनकौरिया क्वारेन्टाईनमा रहेका २० देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुष, मिथिला बिहारी नगरपालिकास्थित परशुराम तलाउ क्वारेन्टाईनका १७ देखि ४६ बर्ष उमेर समुहका ८ जना पुरुष र लक्ष्मीनिया गाउँपालिकास्थित क्वारेन्टाईनका १९ बर्षिया एक महिला र १६ देखि २८ बर्ष उमेर समुहका ३ जना पुरुषहरु रहेका छन् ।
त्यस्तै महोत्तरीको गौशाला नगरपालिकास्थित श्री त्रिमावि क्वारेन्टाईनका ६ देखि २८ बर्ष उमेर समुहका ७ जना महिला र १० देखि ६७ बर्ष उमेर समुहका १२ जना महिला समेत संक्रमित भएका छन् ।

उता, सप्तरीको शम्भुनाथ नगरपालिकास्थित क्वारेन्टाईनका २७ देखि ४४ बर्ष उमेर समुहका ५ जना पुरुष, अग्नीसाइर कृष्णसवरण गाउँपालिकास्थित क्वारेन्टाईनका २१ देखि ४६ बर्ष उमेर समुहका ४ जना पुरुष, रुपनी गाउँपालिकास्थित क्वारेन्टाईनका २९ देखि ४२ बर्ष उमेर समुहका ४ जना पुरुष र राजविराज नगरपालिकास्थित क्वारेन्टाईनमा रहेका ३० बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।
रौतहटको इशनाथ नगरपालिकास्थित क्वारेन्टाईनका १२ देखि ५० बर्ष उमेर समुहका ८ जना पुरुष, फतुवा विजयपुर नगरपालिकास्थित क्वारेन्टाईनका १६ बर्षिय एक पुरुष र ठेगाना खुल्न नसकेका १३ देखि ३० बर्ष उमेर समुहका ४ जना संक्रमित पुरुषहरु थपिएका छन् भने पर्साको वीरगञ्ज महानगरपालिकास्थित क्वारेन्टाईनमा रहेका २६ र २७ बर्षिय २ जना पुरुषहरु समेत संक्रमित भएका छन् ।

प्रदेशभरीमा मंगलबारसम्म सप्तरीमा ५ हजार ३ सय ८५, सिरहामा ३ हजार ३ सय ६६, धनुषामा ४ हजार ७ सय ९९, महोत्तरीमा ३ हजार ६ सय ३२, सर्लाहीमा ५ हजार ९ सय ५०, रौतहटमा १४ हजार ८५, बारामा ३ हजार ८ सय १८ र पर्सामा ७ हजार ५ सय ६५ जना गरि कुल ४८ हजार ६ सय जनाको स्वाब परिक्षण गरिएकोमा ३ हजार ९ सय ३ जना संक्रमित भएका छन् भने ४२ हजार ८ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ सय ९३, सिरहामा ६ सय १३, धनुषामा ८१, महोत्तरीमा १ सय ५६, सर्लाहीमा २ सय ७८, रौतहटमा २ सय ४४, बारामा १ सय ८९ र पर्सामा ९२ जना गरि कुल १ हजार ८ सय ४६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आज (मंगलबार) मात्रै सिरहामा ४५, धनुषामा ७२, सर्लाहीमा ७९, रौतहटमा १ सय २५, बारामा ७३ र पर्सामा ७४ जना गरि कुल ४ सय ६८ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा ३०, महोत्तरीमा ७, बारामा २ सय ९ र पर्सामा १ सय ४६ गरि जम्मा ३ सय ९२ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २४ हजार ६ सय २६ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय ६६, धनुषामा १ सय ६६, महोत्तरीमा ४ सय ७६, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४५ र पर्सामा २१ जना गरि कुल १ हजार ६८ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २३ हजार ५ सय ५८ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३० हजार ८ सय ५ बेड क्षमताको ४ सय २६ वटा क्वारेन्टाइनमा अहिले ३ हजार ४१ जनालाई राखिएको छ भने १६ हजार ७ सय २१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ८ सय ८५ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय २९, सिरहामा ६२, धनुषामा ५२, महोत्तरीमा ५५, सर्लाहीमा ५५, रौतहटमा २८, बारामा ३ र पर्सामा ७ जना गरि कुल ३ सय ९१ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै महोत्तरीमा ७ सय ३८, सर्लाहीमा ६ सय ५६, धनुषामा ५ सय ४१, सप्तरीमा २ सय ५५, सिरहामा २ सय ६, पर्सामा १ सय ६४ र बारामा १ सय १२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा ३२ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ९ जना, महोत्तरीका २२ जना र पर्साका १ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका २ सय २१, सिरहाका १ सय १५, धनुषाका ३ सय ७७, महोत्तरीका २ सय ७०, सर्लाहीका ५ सय ९०, रौतहटका ६ सय ५३, बाराका १ सय १२ र पर्साका १ सय ७४ जना गरि २ हजार ५ सय १२ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन् । प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १-१ जना गरि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्