सरकार– सिके सहमतिको नियतमा खोट देखियोः डा. शेखर कोइराला



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र सिके राउतबीच भएको सहमतिमा दुबै पक्षको नियतमा खोट देखिएको जिकिर गरेका छन् । 

सोमबार विहान सरकार र सिके राउतबीचको सहमतिबारे आफ्नो धाराण सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । 

‘सरकार र सिके राउतबीचको सहमती पश्चात नेपालको राजनिती तरंगित बनेको छ। विद्रोही समूहलाई संविधान र राज्यको मूलधारमा ल्याइनू उपयूक्त हो,’ नेता कोइराले भने,‘तर, सहमतीको दोस्रो बूँदामा उल्लेखित ‘जनअभिमत’ (जनमत संग्रह) शब्द राष्ट्रिय स्वाधिनता एवं अखण्डताको विपक्षमा देखिन्छ ।’

उनले सिके राउतसँगको सहमति नेपाली जनताको लागि स्वीकार्य नभएको पनि उनले दाबी गरे । ‘यसलाई नेपाली जनता कुनै पनि हालतमा स्विकार गर्नै सक्दैनन्। यस सहमतिमा दूबै पक्षको नियतमा खोट देखिएको छ,’  नेता कोइरालाले भने ।

साथै सहमतिको मुसी सुक्न नपाउँदै जनकपूरमा सिके राउत समूहबाट सिर्जित परिदृश्य गम्भीर बनाएको बताए । डा. कोइरालाले भने,‘सहमतिको मसी सुक्न नपाउँदै जनकपूरमा सिके राउत समूहको जून परिदृश्य देखियो त्यसले हामीलाई गम्भिर मात्रै बनाएको छैन । हामीलाई झस्काएको समेत छ । दुबै पक्षबाट यसको अबिलम्ब निदान हून जरुरी छ।’

 

प्रतिक्रिया दिनुहोस्