८५ हजार घुस रकमसहित नासु जोशी रङ्गे हात पक्राउ



धनगढीः कैलालीको जोशीपुर गाउँपालिकाका सूचना अधिकारी तथा नायब सुब्बा सिद्धराज जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले पक्राउ गरेको छ ।

आयोग कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार उनलाई आज (मंगलवार) बिहानै स्थानीय प्रशासनको सहयोगमा उनकै कोठाबाट पक्राउ गरेको हो ।

उनले सीपमूलक तालिममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिएका थिए ।

घुस रकम अख्तियारको टोलीले सोमवार नै बरामद गरेको थियो तर उनी भागेपछि सोमवार पक्राउ गर्न सकेको थिएन तर आज (मंगलवार) विहानै पक्राउ गरेको अख्तियारका सूचना अधिकारी बिष्टले जानकारी दिए । थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्